
सुर्खेत, ८ साउन ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१ काल्चेका ६७ वर्षीय चित्रबहादुर पुन मगर रुखबाट खसेर गम्भीर घाइते भएका छन्।
शुक्रबार (आज) दिउँसो करिब ३:०० बजेको समयमा आफ्नै घर नजिकै रहेको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक सन्तुलन गुमाई उनी रुखबाट तल खसेका थिए।
रुखबाट खसेर टाउकोमा गम्भीर चोट लागेका पुनलाई तत्कालै दिउँसो ३:३० बजे उपचारका लागि मेहेलकुना अस्पताल सुर्खेत पुर्याइएको थियो। अस्पतालमा प्राथमिक उपचार पश्चात् अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
घाइते पुनको साथमा उनका छोरा कृष्ण पुन रहेका छन्।


