
दैलेख, २५ भाद्र ।
दैलेखको भगवतीमाई गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
भगवतीमाई गाउँपालिका वडा नं. २ खोप बजार बस्ने ३८ वर्षीया ज्वाला शाहीको सुनखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो।
प्रहरीका अनुसार बेस्तडा बजारबाट आफ्नो घरतर्फ जाँदै गरेकी शाहीलाई बिहीबार साँझ करिब ५:३० बजेको समयमा सुनखोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलामा डुबेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन्।
घटना लगत्तै स्थानीयवासीले टेलिफोनमार्फत प्रहरी चौकी बेस्तडामा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ।

