भित्री कुरा Logo

भित्री कुरा

    बर्दिया — बर्दियाको गेरुवा गाउँपालिका–६ सोनाहाफाँटस्थित सिँचाइ कुलोमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। मृतक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानी बस्ने २७ वर्षीया उमा ज्ञवाली रहेको पुष्टि भएको छ। भदौ २६ गते दिउँसो करिब ४:४५ बजे मनाउबाट टपरातर्फ जाने सिँचाइ कुलोको पानीमा उत्तानो परेको अवस्थामा स्थानीय ५१ वर्षीय तीर्थबहादुर सुनारले शव देखेपछि पानीबाट निकालेर कुलोको पूर्वी किनारमा राखी प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक भोपेन्द्रकुमार बुढाथोकीको कमान्डमा SOCO (अपराध स्थल अनुसन्धान) टोलीसहित ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाएर साँझ ७:०० बजे शवलाई परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाएको थियो। भदौ २७ गते अपराह्न ४:०० बजे मृतकका श्रीमान् ३३ वर्षीय सुभाष न्यौपानेले अस्पताल पुगेर शवको सनाखत गरेका हुन्। पारिवारिक स्रोत र प्रहरीका अनुसार ज्ञवाली भदौ २५ गते साँझ ५:३० बजे घरबाट हराएकी थिइन्। उनी मानसिक रूपमा अस्वस्थ रहेको र डिप्रेसनको औषधि सेवन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ। | भित्री कुरा