
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य सुस्त देखिएको छ। ३० महिनाभित्र सम्पन्न गर्ने गरी २०८१ असारमा ठेक्का सम्झौता भए पनि निर्धारित समय सीमा सकिन अब ८ महिना मात्र बाँकी रहँदा आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको छ। महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार रङ्गशालाका संरचनाहरूको काम विभिन्न चरणमा रहेका छन्: यउटा टावरको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ भने दोस्रो टावरको दोस्रो तला ढलानको काम सकिएको छ। कुल चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ, दुईवटाको ढलान भइसकेको छ र बाँकी एउटाको काम भर्खरै सुरु भएको छ। मैदान निर्माणको काम सुरु भइसकेको छ। वर्षायाम अगाडि नै मैदानमा बर्मुडा घाँस रोप्ने र ५ वटा पिच तयार पार्ने योजना रहेको छ। भूमिगत पावर केबल जडान, प्लम्बिङ र पहुँच मार्ग (बाटो) बनाउने काम पनि सँगसँगै अघि बढाइएको छ। लागत र बजेट व्यवस्थापन हिमालयन कालिञ्चोक बिबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा २०८३ पुस २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो। यस आयोजनामा बागमती प्रदेश सरकारले कुल बजेटको ७० प्रतिशत हिस्सा व्यहोर्ने छ। सङ्घीय सरकार र भरतपुर महानगरपालिकाले बाँकी लागतको साझेदारी गरेका छन्। चालु आर्थिक वर्षका लागि महानगरले ४ करोड रुपैयाँ विनियोजन गरेको छ भने सङ्घीय सरकारसँग थप बजेट माग गरिएको छ। महानगरको ताकेता निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई काममा तीव्रता दिन निर्देशन दिएका छन्। उनले भने, "हाम्रो तर्फबाट बजेट वा सहजीकरणमा कुनै समस्या छैन। हामीले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सक्न पटक-पटक ताकेता गरिरहेका छौँ।" धुर्मस-सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम छाडेपछि महानगरले यस आयोजनाको अपनत्व लिएर तीनै तहका सरकारको समन्वयमा निर्माण अघि बढाएको हो। यद्यपि, कामको हालको गति हेर्दा २०८३ पुससम्म रङ्गशाला पूर्ण रूपमा तयार हुनेमा भने चुनौती देखिएको छ।

मिति: २०८२ मंसिर २१ स्थान: डोल्पा स्रोत: vitrikura.com काईके गाउँपालिका–७, डोल्पाका निवासी विजय मगर ले आफ्नो असाधारण सफलता र योगदानमार्फत केवल डोल्पा जिल्लाको मात्र होइन, सिङ्गै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उज्यालो पारेका छन्। उनको सक्रियता, प्रतिभा र निरन्तर परिश्रमले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म गर्वको विषय बनेको छ। परिवार, स्थानीयवासी र समुदायका पक्षबाट विजय मगरप्रति गर्व र सम्मान व्यक्त गरिएको छ। डोल्पा जिला काईके का युवा नेता तथा जन प्रतिनिधी राम चन्द्र रोकायले खुसि ब्यक्त गर्दै शुभकामना समेत ब्यक्त गर्नु भयको छ। “डोल्पा मात्र होइन, सिङ्गै देशको नाम उच्च राखिदिएकोमा विजय मगरलाई हृदयदेखि धन्यवाद र हार्दिक शुभकामना व्यक्त गर्दछु” विजय मगरले प्राप्त गरेको सफलताले डोल्पाका युवा क्षमताको प्रमाण प्रस्तुत गरेको छ भने देशभरका युवालाई प्रेरित पनि बनाएको छ। समुदायले विजय मगरको उपलब्धिलाई डोल्पाको गौरवपूर्ण पहिचानका रूपमा स्वागत गरेको छ।

काठमाडौँ। कर्णालीका प्रतिभाशाली खेलाडी प्रभिन बयकज्यू ले १३ औँ कोरियन एम्बासडर अन्तर्राष्ट्रिय ते’’क्वान्दो प्रतियोगितामा कांस्य पदक हासिल गर्दै प्रदेशको गौरव बढाएका छन्। दक्षिण कोरियाली दूतावासको आयोजना तथा नेपाल ते’’क्वान्दो संघको समन्वयमा सम्पन्न यो प्रतिष्ठित प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको उपस्थिति रहेको थियो। कडा प्रतिस्पर्धाबीच प्रभिनले उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेका हुन्। पदकसँगै उनलाई Merit Certificate समेत प्रदान गरिएको छ। उनको सफलताले कर्णाली प्रदेशमा मात्र होइन, समग्र नेपालमा पनि ते’’क्वान्दो क्षेत्रको प्रतिष्ठा उचो बनाएको छ। स्थानीय तहदेखि खेल क्षेत्रमा सक्रिय संघ–संस्थाहरूले प्रभिनको सफलताप्रति प्रसंसा व्यक्त गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझै उत्कृष्ट परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन्। प्रभिन बयकज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज एक रोमाञ्चक मोडमा आइपुगेको छ, जहाँ प्लेअफको दौडमा रहेका टोलीहरूका लागि यो दिन निर्णायक हुनेछ। आज हुने दुई खेलले प्रतियोगिताको आगामी समीकरण स्पष्ट पार्नेछ, जसमा दुई टोलीका लागि 'गर या मर' को स्थिति छ। दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। पाँच खेलबाट केवल चार अङ्क जोडेको पोखरालाई प्लेअफको गणितीय सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ। उता, ६ खेलबाट आठ अङ्कका साथ सहज स्थितिमा रहेको काठमाडौँ जितसहित आफ्नो स्थान थप बलियो बनाउने लक्ष्यमा हुनेछ। त्यसैगरी, दिउँसो हुने दोस्रो खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। १० अङ्कका साथ बलियो देखिएको सुदूरपश्चिमविरुद्ध मैदान उत्रँदा चितवनलाई भने जित्नै पर्ने चर्को दबाब छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको चितवनका लागि प्लेअफको यात्रा कायमै राख्न आजको जित अनिवार्य बनेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफको दौडमा आफूलाई जीवितै राखेको छ। शेर मल्लको धारिलो बलिङ र अस्ट्रेलियन ब्याट्सम्यान डी'आरसी शर्टको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले लुम्बिनीले महत्वपूर्ण जित दर्ता गर्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको हो। यो जितसँगै लुम्बिनीले प्लेअफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ, तर त्यसका लागि उसले आफ्नो अन्तिम लिग खेलमा जनकपुर बोल्ट्सलाई हराउनै पर्नेछ। विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा नायक बनेका डी'आरसी शर्टले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको सानदार पारी खेले। राम्रो सुरुवात गरे पनि सुवास भण्डारीले एकै ओभरमा सुमित महर्जन (१०) र कप्तान रोहित पौडेल (०) लाई आउट गरेपछि लुम्बिनी केही दबाबमा आएको थियो। तर, सन्दीप जोराले २४ तथा निरोशन डिकवेलाले अविजित २९ रनको योगदान दिँदै टोलीलाई जितसम्म डोर्याए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। लुम्बिनीका बलरहरूले कसिलो प्रदर्शन गर्दै विराटनगरका स्टार खेलाडी फाफ डु प्लेसिसलाई १२ रनमा सीमित पारे। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन जोडे। लुम्बिनीका लागि 'प्लेयर अफ द म्याच' घोषित शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए।

काठमाडौं- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। National life त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ। चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ। दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कपको उपाधिका लागि आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रन लागेका दुई टोलीबीचको यो रोमाञ्चक भिडन्त अजमानस्थित करवान मैदानमा नेपाली समयअनुसार बिहान १०:३० बजे सुरु हुनेछ। सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको नेपाली युवा टोली उच्च मनोबलका साथ उपाधि जित्ने दाउमा छ। उता, आयोजक यूएईले पनि सेमिफाइनलमा ओमानलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि भिडन्तका लागि तयार रहेको संकेत दिएको छ। प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल र यूएई दुवैले आगामी डिसेम्बरमा यूएईमै आयोजना हुने यू-१९ एसिया कपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। यस प्रतियोगिताबाट शीर्ष तीन टोली एसिया कपमा छनोट हुने प्रावधानअनुसार आजै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच पनि खेल हुँदैछ। १४ राष्ट्र सहभागी यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका नेपाल र यूएईबीचको खेलले एसियाली युवा क्रिकेटको नयाँ च्याम्पियनको टुङ्गो लगाउनेछ।

– केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। एक दिवसीय क्रिकेटमा ५२ औं शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन्। अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको रुपमा उनले नयाँ कीर्तिमान बनाएका हुन्। सचित तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेर विराटले दुलर्भ कीर्तिमान बनाएका हुन्।यसअघि सचिनसँग बराबरी गरेका विराटले अब सचिनको कीर्तिमान भंग गरेका हुन्। यसअघि विश्व क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान भारतीय क्रिकेटका हस्ती सचिनको नाममा थियो। उनले एक दिवसीय खेलमा ५१ शतकको रेकर्डलाई बनाएका हुन्। कोहोलीले उक्त रेकर्डलाई अब भंग गरेका हुन। यो अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फरम्याटमा एउटै खेलाडीले बनाएको सर्वाधिक शतक हो। सचिनको रेकर्ड तोडेको खेलमा भारत १७ रनले विजयी भयो। सुरुमा ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३४९ रन बनाएको थियो। उसका लागि विराटले १२० बलको सामना गर्दै १३५ रन बनाए। यो खेलमा एक दिवसीय खेलमा सर्वाधिक ३५२ छक्का पूरा गर्दै रोहित शर्मालेसमेत नयाँ रेकर्ड बनाएका छन्। ३५० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९ ओभर २ बलमा अलआउट हुँदा ३३२ रन बनाएको थियो। भारत १७ रनले विजयी भएको खेलमा विराटले १०२ बलमा कीर्तिमानी शतक पूरा गरेका थिए। प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ७ : ३६ बजे

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा जिरोनाका लागि अजेडाइन ओउनाहीले शुरुवात गोल गरेका थिए भने रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले बराबरी गोल गरेका थिए । यो बराबरीपछि रियल म्याड्रिडलाई अंक तालिकामा धक्का लागेको छ । रियलको १४ खेलमा ३३ अंक भएको छ र दोस्रो स्थानमै सिमित भएको छ । बार्सिलोना १४ खेलमा ३४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको १४ खेलमा १२ अंकसहित १८औं स्थानमा रहेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण ब्याट्सम्यानहरूका लागि फलदायी साबित हुँदै गएको छ, जहाँ प्रतियोगितामा अर्धशतकको कुल संख्या २० पुगेको छ। जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै यो आँकडा पूरा गरेका हुन्। उनले मात्र ३७ बलमा दुई छक्का र चार चौकाको मद्दतमा अविजित ५० रन जोडेसँगै प्रतियोगितामा नयाँ कीर्तिमान कायम भयो। कृष्णमूर्ति जारी सिजनमा अर्धशतक प्रहार गर्ने १६औँ खेलाडी बनेका छन्। प्रतियोगितामा चितवन राइनोजका रवि बोपराले सर्वाधिक तीन अर्धशतक प्रहार गरेका छन् भने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले समान दुई-दुई अर्धशतक आफ्नो नाममा लेखाएका छन्। यसैगरी, सुदूरपश्चिमका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगरका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, एडम रोसिङटन, जिमी निशम, काठमाडौंका जोन सिम्प्सन तथा जनकपुरका वायन पार्नेल र आशिफ शेखले एक-एक अर्धशतक बनाएका छन्। यद्यपि, प्रतियोगिताको एकमात्र शतक भने कर्णाली याक्सका मार्क वाटको नाममा रहेको छ, जसले ब्याट्सम्यानहरूको बाहुल्यता रहेको यस प्रतियोगितामा शतकको विशेष महत्व दर्शाउँछ।