
काठमाडौँ। राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाललाई मोरङस्थित बेलबारी प्रहरीले नियन्त्रणमा लिएको छ।
प्राप्त जानकारी अनुसार साथीभाइ तथा सहकर्मीहरूसँगको राजनीतिक छलफलका लागि २०८३ साल असोज २ गते पूर्वतर्फ प्रस्थान गर्नुभएका दाहालको असोज ३ गते छलफल समाप्त गरी ४ गते काठमाडौँ फर्किने कार्यतालिका रहेको थियो। सोही क्रममा असोज ४ गते बिहान सुन्दरहरैँचा-०८ सलकपुर स्थित गङ्गा ढकालको चिया पसलबाट बेलबारी प्रहरीले उहाँलाई पक्राउ गरेको हो।
पक्राउ पश्चात् उहाँलाई सुरुमा विराटनगर लगिएको र आजै काठमाडौँ ल्याइने तयारी भइरहेको जनाइएको छ।
सत्ता र शासन व्यवस्थाका त्रुटिहरूविरुद्ध निरन्तर प्रतिपक्षी भूमिका निर्वाह गर्दै आउनुभएका दाहालमाथिको यो धरपकडलाई राजनीतिक वृत्तमा लोकतान्त्रिक गणतन्त्रको चरित्र र राज्य संयन्त्रको दुरुपयोग भन्दै विरोध र चिन्ता व्यक्त गरिएको छ।



