
सुर्खेत — नेपाल आयल निगम लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०८३ को श्रावण १ देखि २४ गतेसम्मको अवधिमा कुल ४१ हजार ५ १७ सिलिन्डर खाना पकाउने एलपीजी (LPG) ग्यास बिक्री वितरण गरेको छ।
कर्णाली प्रदेशमा बजार व्यवस्थापन, आपूर्ति सहजता र पारदर्शी वितरण सुनिश्चित गर्न निगमले नियमित तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। श्रावण महिनाको २४ दिनमा सुर्खेत बजारमा छ वटा विभिन्न ब्रान्डका ग्यासहरू आपूर्ति भएका छन्।
कम्पनी अनुसार ग्यास बिक्रीको तथ्याङ्क:
1. भेरी ग्यास: २५,५०२ सिलिन्डर
2. नेपाल ग्यास कर्णाली: ४,२१८ सिलिन्डर
3. सैपाल ग्यास: ४,४६५ सिलिन्डर
4. राप्ती ग्यास: २,८०० सिलिन्डर
5. रेडियन्ट ग्यास: २,७३० सिलिन्डर
6. मनकामना ग्यास: १,८०२ सिलिन्डर
जम्मा बिक्री परिमाण: ४१,५१७ सिलिन्डर
प्रतिसिलिन्डर तौल: १४.२ केजी
कायम गरिएको मूल्य: रु. २,०६०
भोलि (श्रावण २५) सुर्खेतका ४ स्थानबाट ५५० सिलिन्डर भेरी ग्यास बाँडिने
बजारमा उपभोगको मागलाई सम्बोधन गर्न निगमले भोलि श्रावण २५ गते बिहान ७:०० बजेदेखि सुर्खेतका चार वटा मुख्य बिक्रेताहरूमार्फत थप ५५० सिलिन्डर भेरी ग्यास वितरण गर्ने तालिका सार्वजनिक गरेको छ।
बिक्री केन्द्र र परिमाण विवरण:
न्यू आरध्या ट्रेडर्स (पतेनि लाइन): १०० सिलिन्डर (सम्पर्क: ९८५८०५२११८)
सिजा अर्डर सप्लायर्स (गण्डकी लाइन): १५० सिलिन्डर (सम्पर्क: ९७४८४८९२३४)
न्यू मिना ट्रेडर्स (मुलपानी चोक): १५० सिलिन्डर (सम्पर्क: ९८४४८७३७८४)
न्यू भैरव सप्लायर्स (भैरवस्थान): १५० सिलिन्डर (सम्पर्क: ९८५११७८३९०)
१० प्रतिशत ग्यास अत्यावश्यक सेवाका लागि सुरक्षित
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मिति २०८३/०४/२४ गते सरोकारवाला निकायहरूबिच भएको निर्णय अनुसार कुल वितरित ग्यासको १० प्रतिशत (१०%) परिमाण अत्यावश्यक सेवा र लक्षित उपभोक्ताहरूका लागि सुरक्षित राखिनेछ। सम्बन्धित निकायको प्रमाणित विवरणका आधारमा मात्र उक्त १० प्रतिशत ग्यास बिक्री गरिने आयल निगमले जनाएको छ।
नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले उपभोक्ताहरूलाई अस्वाभाविक मौज्दात नराख्न र तोकिएको मूल्य (रु. २,०६०) मा मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ।

