
एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। विद्यार्थीहरूलाई डिजिटल संसारसँग जोड्दै सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले यो अफर सार्वजनिक गरेको हो।
यस अफर अन्तर्गत विद्यार्थीहरूले करसहित मात्र रु. ५० मा आफ्नो रुचि अनुसारको मोबाइल नम्बर छनोट गरी सिम लिन सक्नेछन्।
सिम सुचारु गर्दा विद्यार्थीहरूले तत्कालै निम्न सुविधाहरू प्राप्त गर्नेछन्:
२ जीबी डाटा र ५० मिनेट सबै नेटवर्कमा कल गर्न मिल्ने टक टाइम।
डिजिटल लर्निङ, (२८ दिनका लागि 'मेरो स्कुल' प्लेटफर्ममा निःशुल्क पहुँच, जहाँ पाठ्यक्रममा आधारित शैक्षिक भिडियोहरू उपलब्ध छन्।
२८ दिनका लागि गेमिङ प्रिमियर लिग (जीपीएल) मा निःशुल्क पहुँच।
डिजिटल वालेट 'खल्ती' प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने।
थप बोनस अफर
सिम लिएका ग्राहकले रु. ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा थप फाइदा लिन सक्नेछन्। प्रत्येक रिचार्जमा ७ दिनका लागि ५०० एमबी बोनस डाटा समेत उपलब्ध हुने एनसेलले जनाएको छ।
एसईई दिएका विद्यार्थीहरूले यो सिम लिनका लागि देशभरका कुनै पनि एनसेल सेन्टरमा जान सक्नेछन्। सिमका लागि निम्न कागजातहरू आवश्यक पर्नेछन्:
१. विद्यार्थीको एसईई प्रवेशपत्र (Admit Card) को प्रतिलिपि।
२. आमा वा बुवाको नागरिकताको फोटोकपी।
३. एक प्रति पासपोर्ट साइजको फोटो।
आवश्यक प्रमाणीकरणपछि सिम तुरुन्तै सक्रिय हुनेछ। एनसेलले यो योजनाले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ र परिवारसँग सम्पर्कमा रहन र अनलाइन माध्यमबाट नयाँ कुरा सिक्न मद्दत पुग्ने विश्वास लिएको छ।



