
सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्याल कर्णाली प्रदेश स्तरीय सुरक्षा समितिको बैठकमा सहभागी हुन आज सुर्खेत आइपुगेका छन्।
बैठकमा कर्णाली प्रदेशको समग्र सुरक्षा अवस्था, शान्ति–सुरक्षाको मजबुती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
उक्त बैठकमा प्रदेश सरकारका प्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकारीहरू तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहनेछ। गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।



