
नेकपा (माओवादी) ले केन्द्रीय कम्युनमा भएको प्रहरी हस्तक्षेप र अपरेशनको बिरोधमा देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले यसलाई राजनीतिक दमन र हस्तक्षेपको संज्ञा दिँदै चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको हो।
पार्टीका अनुसार हालै केन्द्रीय कम्युनमा भएको प्रहरी कारबाही लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको भन्दै त्यसविरुद्ध देशभर प्रतिवाद गरिनेछ।
📌 घोषित संघर्ष कार्यक्रमहरू :
🔸 पौष १२ गते बेलुकी ६ बजे – मशाल जुलुस
🔸 पौष १३ गते दिउँसो २ बजे – कोणसभा
🔸 पौष १४ गते दिउँसो २ बजे – विरोध प्रदर्शन
🔸 पौष १५ गते दिउँसो १ बजे – काठमाडौँमा अन्तरक्रिया कार्यक्रम
माओवादीले सरकारलाई दमनकारी नीति त्याग्न चेतावनी दिँदै, आवश्यक परे आन्दोलन अझ सशक्त बनाइने जनाएको छ। पार्टी नेतृत्वले जनताको हक, अधिकार र राजनीतिक स्वतन्त्रताको रक्षा गर्न संघर्ष अपरिहार्य भएको दाबी गरेको छ।



