
सर्वोत्तम पेन्ट्सले पायो प्रतिष्ठित 'राष्ट्रिय गुणस्तर प्रमाणपत्र'
अत्तरिया, कैलाली । सुदूरपश्चिमको प्रतिष्ठित उद्योग सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने 'राष्ट्रिय गुणस्तर प्रमाणपत्र' प्राप्त गरेको छ। कैलालीको गोदावरी नगरपालिका–२ मा अवस्थित यस उद्योगले आफ्नो उत्पादनमा उत्कृष्ट गुणस्तर कायम गरेबापत यो सफलता पाएको हो।
यो प्रमाणपत्र पाएसँगै कम्पनीले उत्पादन गर्दै आएका पेन्ट तथा सम्बन्धित सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा मापदण्ड र वातावरणीय मापदण्ड अनुरूप रहेको आधिकारिक पुष्टि भएको छ।
के भन्छन् प्रबन्ध निर्देशक?
कम्पनीका प्रबन्ध निर्देशक नवीन प्रसाद भट्टले यो प्राप्त गर्नु उद्योगका लागि ठूलो उपलब्धि भएको बताउनुभएको छ। उहाँले भन्नुभयो: यो उपलब्धि सम्पूर्ण टिमको कडा मेहनत, समर्पण र ग्राहकप्रतिको हाम्रो जिम्मेवा…



