
जाजरकोटको नलगाड नगरपालिकामा ग्यास लिक भई आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
नलगाड नगरपालिका–२ छेप्कास्थित थालु प्रसाद जैशीको घरमा आइतबार बिहान करिब १० बजेको समयमा आगलागी भएको हो। भान्छा कोठामा ग्यास चुहावट भइरहेको अवस्थामा माया जैशीले लाइटर बाल्दा अचानक आगो सल्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरू:
४२ वर्षीया माया जैशी
२२ वर्षीय गणेश गौतम (छोरा)
३७ वर्षीया रुपा जैशी
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक बहादुर नेपालीका अनुसार घाइतेहरूको हाल नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।


