
सुर्खेत, २७ साउन ।
सुर्खेतमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चौकुने गाउँपालिका–१० चालिखेकी ५८ वर्षीया देउमा कामी रहेकी छिन्।
बुधबार बिहान ५:४५ बजेतिर आफ्नै घरमा भाँडा माझ्ने क्रममा देउमालाई सर्पले दायाँ हातको चोर औलामा टोकेको थियो। सर्पले डसेलगत्तै उपचारका लागि बिहान १०:३५ बजे उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको थियो।
अस्पताल पुर्याउनासाथ बिहान १०:४० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन्। मृतकको साथमा उनकी छोरी पवित्रा बि.क. रहेकी छिन्।

