
दैलेख : कर्तव्य ज्यान मुद्दामा १४ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दैलेखबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको साविक गँमौडि गा.वि.स. वडा नं. ०२ मेला हाल दुल्लु नगरपालिका वडा नं. १० बस्ने ३२ वर्षीय डिल बहादुर खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई भदौ ३० गते नारायण नगरपालिका वडा नं. ०१ बाट पक्राउ गरेको हो।
पक्राउ परेका खड्कालाई सम्मानित जिल्ला अदालत दैलेखबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए।


