
— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले पद छाडेको घोषणा गरेका हुन्।
सम्बोधन लगत्तै उनले प्रदेश प्रमुख नजिर मियाँलाई आफ्नो राजीनामा पत्र बुझाएका छन्।
बजेटको विषयमा असहमति जनाउँदै सत्ता साझेदार दल नेकपा एमालेले गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तासँगै अल्पमतमा परेका शाहले संवैधानिक सीमाको ३० औँ दिनमा राजीनामाको बाटो रोजेका हुन्।
मुख्यमन्त्री शाहको राजीनामासँगै प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।



