
वीरेन्द्रनगर, सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो त्रैमासिक अवधि (जेठ ८ गतेदेखि भाद्र ८ गतेसम्म) को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अपराध अनुसन्धान, फैसला कार्यान्वयन, अवैध कारोबार नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
अपराध अनुसन्धान तथा मुद्दा फछ्र्यौट
त्रैमासिक अवधिमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी इकाइहरूमा कुल १६७ वटा मुद्दा दर्ता भएका छन्।
मुद्दा फछ्र्यौट: दर्ता भएका १६७ मुद्दामध्ये ८६ वटा मुद्दा अनुसन्धान प्रक्रिया पूरा गरी फछ्र्यौट भइसकेका छन्।
जि.प्र.का. सुर्खेत: मुख्य कार्यालयमा दर्ता भएका १६० मुद्दामध्ये ६४ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने बाँकी प्रक्रियामा रहेका छन्।
जघन्य अपराध: १० वर्षभन्दा बढी कैद सजाय हुने जघन्य अपराधका घटनाहरूमा प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएको छ।
भन्सार छली र अवैध सुन-चाँदी कारोबारमा छापा
वीरेन्द्रनगर नगरपालिका वडा नं. ०६ स्थित तल्लो बजारमा रहेको 'शिव इम्पोरियम' कपडा पसलमा भारतीय रुपैयाँ तथा सुन-चाँदीका गहना धितो राखी बढी व्याजमा नगद दिने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।
बरामद नगद: नेपाली रु. २,१९,५००/- र भारतीय रु. ८,११,८००/- बरामद गरिएको छ।
सुन-चाँदी: रु. २,४३,०८६ बराबरको सुन (४५९ लाल) र रु. २,२५,००० बराबरको चाँदीका गहना (५००० लाल) नियन्त्रणमा लिइएको छ।
भन्सार छली: रु. १९,९८,२४८ मूल्य बराबरको अवैध भन्सार छलीका सामान बरामद गरी रु. ५३,००० राजस्व संकलन गरिएको छ।
लागुऔषध र अवैध हातहतियार नियन्त्रण
लागुऔषध बिक्री-वितरण तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा प्रतिबन्धित औषधि तथा ब्राउनसुगर बरामद गरिएको छ।
लागुऔषध जफत: २७ ग्राम ७४ मिलिग्राम ब्राउनसुगरका साथै ५१८ ट्याब्लेट (ट्रामाडोल, स्पाम, PEGAMER, Antitussive D-KOF) जफत गरिएको छ।
पक्राउ: लागुऔषध सम्बन्धी दर्ता भएका १२ वटा मुद्दामो १५ जना पुरुष र १ जना बालिका गरी १६ जना प्रतिवादी पक्राउ परेका छन्।
अवैध मदिरा र गाँजा: १ थान भरुवा बन्दुक, ७५ लिटर घरेलु मदिरा बरामद हुनुका साथै २.५ कट्टा जग्गामा लगाइएको गाँजा खेती फँडानी गरिएको छ।
ट्राफिक कारबाही र २४/७ प्रहरी परिचालन
राजस्व संकलन: त्रैमासिक अवधिमा ४,९३७ वटा सवारी साधनलाई कारबाही गरी रु. ४५,९५,५००/- राजस्व संकलन गरिएको छ।
दुर्घटना तथ्याङ्क: कुल १७२ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन्।
सुरक्षा परिचालन: जिल्लाभर २४ सै घण्टा ६६८ जना प्रहरी operational duty मा खटिएका छन्, जसमा ९ वटा मोबाइल गाडी, ४८ वटा गस्ती, १० वटा चेकपोष्ट र २१ वटा QRT टोली सक्रिय छन्।



