
सुर्खेतमा पल्सर मोटरसाइकल दुर्घटना, २४ वर्षीय युवक गम्भीर घा..इते
सुर्खेतको वीरेन्द्रनगर–२ उत्तरगंगा मन्दिर नजिक सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।
बिहान करिब ५:४५ बजे मुलपानी चोकबाट फलाटेतर्फ जाँदै गरेको क.प्र. ०२–००१ प ४८७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक २४ वर्षीय समिर सिंह गम्भीर घाइते भएका हुन्। उनी कालिकोटको महावै गाउँपालिका–४ घर भई हाल वीरेन्द्रनगर–१०, रहलपुरमा बस्दै आएका छन्।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका सिंहलाई प्रारम्भिक उपचारपछि कर्णाली प्रदेश अस्पताल, कालागाउँमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेको छ।
घटनापछि प्रहरी सहायक निरीक्षक शिव मैनालीको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

