
कर्णाली प्रदेश | गुर्भाकोट (सुर्खेत)
सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आज (बुधबार) बिहान करिब ११:४५ बजे नियन्त्रण गुमाएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ। गाडी ४२/४३ वर्षीय गगन थापाले चलाएका थिए।
दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) श्याम थापाको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली ११:५५ बजे नै घटनास्थल पुगेको थियो। प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि मेहेलकुना अस्पताल पठाएको हो।
घटनास्थलमा थप उद्धार कार्य र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा ७ जना र प्रहरी चौकी मेहेलकुनाबाट प्रहरी नायब निरीक्षक (प्रनानि) मनिष गुरुङको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको छ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गाडी घटनास्थलमै रहेको छ। दुर्घटनास्थल प्रहरी चौकी गुमीबाट करिब ४ किलोमिटर उत्तरमा पर्दछ।
घाइतेहरूको विवरण र उपचारको अवस्था
दुर्घटनामा घाइते भएका १९ जनाको मेहेलकुना, प्रदेश अस्पताल कालागाउँ, कर्णाली केयर र माया अस्पतालमा उपचार भइरहेको छ।
कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत
गणेश वली (४० वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – टाउकोमा चोट, अवस्था गम्भीर।
कर्णाली केयर अस्पताल, सुर्खेत
ममता पुन (२३ वर्ष), गुर्भाकोट नगरपालिका-१३, सुर्खेत – अवस्था सामान्य।
रियाज शाही (५ वर्ष, ममता पुनका छोरा), गुर्भाकोट नगरपालिका-१३, सुर्खेत – टाउकोमा चोट, अवस्था गम्भीर।
माया अस्पताल, सुर्खेत
बिष्णु माया सुनार (४५ वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – टाउकोमा चोट, अवस्था मध्यम।
प्रविन सुनार (१० वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – टाउकोमा चोट, अवस्था मध्यम।
भावना राई (३९ वर्ष), तनहुँ – टाउकोमा चोट, अवस्था गम्भीर।
प्रज्वल राई (२ वर्ष, भावना राईका छोरा), तनहुँ – ढाडमा चोट, अवस्था सामान्य।
मेहेलकुना अस्पताल, सुर्खेत
जैसरा बुढा (३२ वर्ष), गुर्भाकोट नगरपालिका-१४, सुर्खेत – टाउको र मुखमा चोट, अवस्था मध्यम।
भुमिसरा खड्का (६० वर्ष), गुर्भाकोट नगरपालिका-१४, सुर्खेत – दायाँ खुट्टामा चोट, अवस्था मध्यम।
उदयराम भुजेल (४२ वर्ष, भुमिसराका श्रीमान्), गुर्भाकोट नगरपालिका-१४, सुर्खेत – टाउको र ढाडमा चोट, अवस्था मध्यम।
धनमाया भुजेल (४५ वर्ष), गुर्भाकोट नगरपालिका-१४, सुर्खेत – बाहिरी चोट नदेखिएको, अवस्था मध्यम।
टिका खत्री (३२ वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – दायाँ हातमा चोट, अवस्था सामान्य।
भिमबहादुर थापा (६० वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – बायाँ हातमा चोट, अवस्था मध्यम।
तुलसरा सुनार (५५ वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – दायाँ हात र ढाडमा चोट, अवस्था मध्यम।
सक्षम बुढा (१२ वर्ष), गुर्भाकोट नगरपालिका-१४, सुर्खेत – टाउको र खुट्टामा चोट, अवस्था मध्यम।
प्रिति गुरुङ (१५ वर्ष), गुर्भाकोट नगरपालिका-१४, सुर्खेत – टाउकोमा चोट, अवस्था सामान्य।
शान्ता खत्री (३० वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
भावना आले (१७ वर्ष), गुर्भाकोट नगरपालिका-१४, सुर्खेत – हातमा चोट, अवस्था सामान्य।
मनिषा थापा (३० वर्ष), सिम्ता गाउँपालिका-९, सुर्खेत – घाँटी र दायाँ हातमा चोट।


