
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आजका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरू, प्रशासनिक नियुक्ति तथा केही महत्त्वपूर्ण समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । मन्त्रालयका नीतिगत निर्णय र कर्मचारी व्यवस्थापन सम्बन्धी नियमित प्रस्तावहरूमा छलफल र
चालू आर्थिक वर्षका ठूला आयोजनाहरूको समीक्षा र तिनलाई तीव्रता दिने विषयमा निर्णय हुन सक्नेजनायकाे छ ।
प्रधानमन्त्री शाहले कार्यभार सम्हालेयता मन्त्रिपरिषद् बैठकहरूलाई नतिजामुखी बनाउन जोड दिँदै आउनुभएको छ । आजको बैठकले गर्ने महत्त्वपूर्ण निर्णयहरू पछि सार्वजनिक गरिनेछ ।



