
सुर्खेतको भेरीगंगा नगरपालिकामा टिप्परको ठ#क्क#रबाट एकजना पैदलयात्रीको मृ@@त्यु भएको छ।
भेरीगंगा नगरपालिका वडा नम्बर २ कालपानीस्थित भित्री सडकखण्डमा हिजो (जेठ १३ गते) बेलुकी करिब ८:०० बजे कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख. ०६४७ नम्बरको टिप्परले पैदलयात्रीलाई ठक्कर दिएको हो।
टिप्परको ठ@क्क@रबाट स्थानीय २३ वर्षीय कमल वली गम्भीर घा#इते भएका थिए। घाइते वलीलाई उनका बुवा दल बहादुर वलीले राति साढे ९:०० बजे उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याएका थिए। तर, अस्पताल पुर्याएलगत्तै उपचारका क्रममा चिकित्सकले उनलाई मृ**त घोषणा गरेका हुन्। मृ*त*क@#को श@व*लाई राति १०:४० बजे सोही अस्पतालको श*व गृह (मर्चरी) मा राखिएको प्रहरीले जनाएको छ।
दु*र्घ*ट@ना गराउने टिप्पर र चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने ५२ वर्षीय मान बहादुर चौधरीलाई प्रहरीले हिजै राति सत्तरीबाट नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


