
रास्वपा जिल्ला कार्यसमिति सुर्खेतको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन वीरेन्द्रनगरमा सुरु भएको छ।
वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा भव्य समारोहका बीच अधिवेशनको उद्घाटन गरिएको हो। अधिवेशनले पार्टीको नयाँ जिल्ला नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ।
नेतृत्वका लागि ५ जनाको नाम चर्चामा
नयाँ नेतृत्व चयनका लागि तीव्र तयारी भइरहेको बुझिएको छ। प्राप्त जानकारी अनुसार आगामी कार्यकालको जिल्ला सभापति पदका लागि ५ जना आकांक्षीहरूको नाम अग्रपंक्तिमा चर्चामा रहेको छ:
हरी अधिकारी
गोविन्द प्रसाद शर्मा
लक्ष्मी नारायण बस्नेत
टेक बहादुर सिंह
हिरालाल बादी
अधिवेशनमा जिल्लाभरका पार्टी प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ। नयाँ कार्यसमितिका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छानिने बुझिएको छ।


