
सुर्खेत, फागुन १३ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापा भोलि फागुन १४ गते सुर्खेत आउने कार्यक्रम तय भएको छ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा आम निर्वाचनलाई सफल पार्न तथा व्यापक प्रचार–प्रसार गर्ने उद्देश्यले सुर्खेतको घण्टाघर लाइन क्षेत्रमा आमसभा आयोजना गरिने भएको छ।
उक्त आमसभामा सभापति थापाले पार्टीको चुनावी एजेन्डा, भावी रणनीति तथा लोकतान्त्रिक मूल्यमान्यताबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
यस सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेस U-40 जिल्ला संयोजक तथा केन्द्रीय प्रचार–प्रसार समिति सदस्य बालकृष्ण हमाल चालिसेले सभापति थापाको उपस्थितिमा आमसभा आयोजना हुने पुष्टि गर्नुभयो। उहाँका अनुसार कार्यक्रममा सुर्खेतसहित आसपासका क्षेत्रबाट पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
सभापति थापा प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार रहनुभएको छ।



